मधेशमा उथल–पुथल, चिनियाँ राजदूत सहभागी कार्यक्रम छाडेर जनकपुर पुगे तीन मन्त्री | Khabarhub Khabarhub

मधेशमा उथल–पुथल, चिनियाँ राजदूत सहभागी कार्यक्रम छाडेर जनकपुर पुगे तीन मन्त्री


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनता समाजवादी पार्टी नेतृत्वको मधेस सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको छ ।

संसदीय दलका नेता भरत साहलाई अर्थमन्त्री नदिएपछि सरकारबाट माओवादी केन्द्र बाहिरिन लागेको श्रोतले जनाएको छ ।

सरकारबाट बाहिरिने संकेत गर्दै मओवादी संसदीय दलका नेता भरत साहले खबरहबसँग भने, ‘छलफल चलिरहेको छ, जे पनि हुन सक्छ । छलफल सकेपछि अरु कुरा भनौँला ।’

यस्तै माओवादीकै एक नेताले केन्द्रमा जनता समाजवादी पार्टी विभाजित भएको प्रत्यक्ष असर प्रदेशमा पर्नु स्वभाविक रहेको टिप्पणी गरे । ‘सरकारबाट बाहिरिने लगभग निश्चित छ । हेरौँ के हुन्छ छलफल चलिरहेको छ ।’

गत आइतबार अशोक राईले संघीय संसदका सात सदस्यसहित जसपा विभाजन गरेर नयाँ दल दर्ता गराइसकेका छन् ।

त्यसकै असर मधेशमा पनि देखिन थालेको हो । मधेशमा नयाँ दलतिर खुलेका नेता प्रदीप यादवको पक्षमा कम्तीमा पनि ९ जना सांसदहरू उभिने सम्भावना छ ।

माओवादीले समर्थन फिर्ता लिए सरोज यादवको सरकार अल्पमतमा पर्छ ।  त्यसपछि मात्रै जसपाका सांसदहरू नयाँ पार्टीतर्फ खुल्ने गरी सनाखत गर्न तयार हुने भएका छन् ।

सर्लाहीको छाडेर मन्त्रीहरू जनकपुर
मधेस सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिन लागेको खबर आएलगत्तै मधेस सरकारका तीनजना मन्त्री सर्लाहीको बरहथवामा आयोजित कार्यक्रम बीचमै छाडेर जनकपुरधाम आइपुगेका छन् ।

बरहथवा नगरपालिका–३ स्थित एक विद्यालयमा चाइना एडको सहयोगमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत महामारी रोकथाम तथा पुनस्र्थापनाका लागि एक कार्यक्रम हुँदै थियो ।

दुर्गम क्षेत्रका विद्यालय र समुदायलाई सहयोग परियोजनाअन्तर्गतको उक्त कार्यक्रममा कार्यक्रममा चिनियाँ राजदूत चेन सोङ्ग पनि सहभागी थिए ।

राजदूत सोङ्गले सम्बोधन गर्न बाँकी रहेकै अवस्थामा कार्यक्रम छाडेर मधेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानून राज्यमन्त्री शारदा थापा जनकपुरधाम पुगेकी छन् ।

एमालेबाट मन्त्री बनेकाहरू सर्लाहीबाट हतार हतार जनकपुरधाम आउनुले प्रदेशको सत्तामा उथलपुथल आउने सम्भावना देखाएको छ ।

सर्लाहीको कार्यक्रम छाडेर जनकपुरधाम पुगेका स्वास्थ्य राज्यमन्त्री रायले केही विषयमा छलफल गर्न आएको बताए । उनले भने, ‘बैठकको विषयबारेमा पछि भनौँला । अहिले आकाष्मिक गोप्य बैठक डाकिएको छ ।’

यस्तै गृह राज्यमन्त्री शारदा थापाले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको बताइन् । उनले भनिन्, ‘सर्लाहीबाट भर्खरै जनकपुर आइपुगेकी छु । केहीबेरमा बैठक बस्छ ।’

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  २ : १४ बजे

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको