अशोकको तर्क- उपेन्द्रको कार्यशैलीका कारण नयाँ दल बनायौँ « Khabarhub

अशोकको तर्क- उपेन्द्रको कार्यशैलीका कारण नयाँ दल बनायौँ


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुँदैन भन्दै नयाँ दल बनाएको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउँदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाएका छन् ।

उनले आफूहरू अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए ।

राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउँदै पारदर्शिता समेत नहुने गरेको बताए । उनले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफूहरूले यस्तो कदम चालेको बताएका छन् ।

अमेरिका जानु अघि उपेन्द्र यादवले पार्टीको विधान विपरीत निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उनले बताए ।

जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंवैधानिक रहेको बताउँदै अदालत जाने बताएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : ४९ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६