कोशीमा नवनियुक्त मुख्यमन्त्रीको शपथ आजै, दुई मन्त्री नियुक्त गरिँदै | Khabarhub Khabarhub

कोशीमा नवनियुक्त मुख्यमन्त्रीको शपथ आजै, दुई मन्त्री नियुक्त गरिँदै


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका ननियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ बिहीबार साँझ ५ बजे विराटनगरमा हुने भएको छ ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता कार्की बिहीबार नेकपा एमाले र माओवादीका ५२ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

कार्कीले शपथ लिएलगत्तै सानो आकारमा मन्त्रिपरिषद् गठन गरिने भएको छ । बिहीबार नै एमालेबाट राम राना र माओवादीबाट दुर्गाप्रसाद चापागाईँ मन्त्री नियुक्त हुने सम्भावना रहेको कार्कीनिकट एक नेताले बताए ।

रानालाई अर्थ मन्त्रालय दिने तयारी कार्कीले गरेका छन् । माओवादीका चापागाईंलाई भौतिक प्रर्वाधार मन्त्रालय दिने सहमति बनेको छ ।

चापागाईंसँगै माओवादीबाट गणेश उप्रेती पनि मन्त्रीमका दोहोरिने पक्षमा छन् । तर बिहीबार चापागाईं मन्त्री बन्ने सम्भावना बलियो  छ ।

यसअघि कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए ।

त्यहीअनुसार खापुङले कार्कीको पक्षमा ५२ सांसदको सनाखत भइसकेकाले मुख्यमन्त्रीमा नियुक्त गरिएको बताए ।

उनले प्रदेश सभामा रहेका ९३ सांसदमध्ये ५२ अर्थात् बहुमत सदस्यको सनाखत भइसकेकाले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिए ।

यसैबीच मुख्यमन्त्रीका लागि कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ । कोशीमा जसपाका एक सांसद निर्मला लिम्बू छिन् । जसपाले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३ पुगेको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : ५१ बजे

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ : गृहमन्त्री

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा

प्रधानमन्त्रीले भने : कांग्रेसको अहिलेको गतिविधिको नतिजा आगामी चुनावमा देखिन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अहिलेको

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा ओमान पठाइदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान

इरानी राष्ट्रपति रायसीको मृत्युप्रति विश्वका नेताद्वारा शोक व्यक्त

नयाँदिल्ली– युरोपेली युनियन (ईयू), रूस, चीन, भारत, पाकिस्तान, श्रीलंका, टर्की,

विरोधबीच विश्वास पाएपछि प्रचण्डले संसद्‍मै थापे मालासहित बधाई (तस्बिरहरू)

काठमाडौं-  नेपाली कांग्रेसको चर्को विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो