कोशीमा नवनियुक्त मुख्यमन्त्रीको शपथ आजै, दुई मन्त्री नियुक्त गरिँदै « Khabarhub

कोशीमा नवनियुक्त मुख्यमन्त्रीको शपथ आजै, दुई मन्त्री नियुक्त गरिँदै


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका ननियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ बिहीबार साँझ ५ बजे विराटनगरमा हुने भएको छ ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता कार्की बिहीबार नेकपा एमाले र माओवादीका ५२ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

कार्कीले शपथ लिएलगत्तै सानो आकारमा मन्त्रिपरिषद् गठन गरिने भएको छ । बिहीबार नै एमालेबाट राम राना र माओवादीबाट दुर्गाप्रसाद चापागाईँ मन्त्री नियुक्त हुने सम्भावना रहेको कार्कीनिकट एक नेताले बताए ।

रानालाई अर्थ मन्त्रालय दिने तयारी कार्कीले गरेका छन् । माओवादीका चापागाईंलाई भौतिक प्रर्वाधार मन्त्रालय दिने सहमति बनेको छ ।

चापागाईंसँगै माओवादीबाट गणेश उप्रेती पनि मन्त्रीमका दोहोरिने पक्षमा छन् । तर बिहीबार चापागाईं मन्त्री बन्ने सम्भावना बलियो  छ ।

यसअघि कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए ।

त्यहीअनुसार खापुङले कार्कीको पक्षमा ५२ सांसदको सनाखत भइसकेकाले मुख्यमन्त्रीमा नियुक्त गरिएको बताए ।

उनले प्रदेश सभामा रहेका ९३ सांसदमध्ये ५२ अर्थात् बहुमत सदस्यको सनाखत भइसकेकाले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिए ।

यसैबीच मुख्यमन्त्रीका लागि कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ । कोशीमा जसपाका एक सांसद निर्मला लिम्बू छिन् । जसपाले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३ पुगेको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : ५१ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा