माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा | Khabarhub Khabarhub

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आएका छन् ।

स्रोतका अनुसार भ्रमणको क्रममा उनले दुई पक्षले द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गरी बहुआयामिक सम्बन्धलाई गति दिनेछन् ।

भारतीय विदेश मन्त्रालयले पनि एक्समा उनको आगमनको विवरण सार्वजनिक गरेको छ । ‘माल्दिभ्सका विदेश मन्त्री मूसा जमीरलाई भारतको औपचारिक भ्रमणमा हार्दिक स्वागत छ ।’

स्रोतका अनुसार माल्दिभ्सका विदेशमन्त्रीले भारतका परराष्ट्रमन्त्री एस जयशंकरसँग भेट गरी आपसी हितका द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्ने छन् ।

नयाँदिल्ली भ्रमणको क्रममा विदेश मन्त्री जमीरले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटवार्ता गर्नेछन् । ‘माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख समुद्री छिमेकी हो र विदेश मन्त्री जमीरको भ्रमणले दुई देशबीचको द्विपक्षीय सहयोगलाई थप गति दिने अपेक्षा गरिएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भारतले मे १० अघि नै माल्दिभ्सबाट आफ्ना सैन्य कर्मचारीहरू फिर्ता गर्ने बताएको छ । गत मे ३ मा भारत र माल्दिभ्सबीच सम्पन्न द्विपक्षीय उच्चस्तरीय संयन्त्रको चौथो बैठकले मे १० सम्ममा माल्दिभ्सबाट भारतीय सैन्य कर्मचारी हटाउने सहमति गरेका थिए ।

यसअघि, राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्स सरकारले औपचारिक रूपमा भारतलाई मालेबाट आफ्नो सेना फिर्ता लिन अनुरोध गरेको थियो ।

माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुवै पक्षले विद्यमान द्विपक्षीय सहयोगको समीक्षा गरेको उल्लेख छ । जसमा विकास र रक्षा सहयोग लगायत आपसी हितका विभिन्न मुद्दाहरूमा छलफल भएको थियो ।

उच्चस्तरीय समूहको पाँचौँ बैठक आपसी सहमतिअनुसार आगामी जुन/जुलाई महिनामा मालेमा आयोजना गर्ने सहमति भएको छ ।

माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । हाल माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुव हेलिकप्टर सहित करिब ७० जना भारतीय सैनिक तैनाथ छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : ०३ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ