सिप मेलामा सहकार्य गर्न डच फाउन्डेसन सोसियल डिपलपमेन्टसँग छलफल « Khabarhub

सिप मेलामा सहकार्य गर्न डच फाउन्डेसन सोसियल डिपलपमेन्टसँग छलफल


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरूमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरू प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरूले बताएका छन् ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भेटवार्ता गर्दै यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताएका हुन् ।

भेटवार्तामा उपप्रमुख डंगोलले, सिपमूलक तालिमका धेरै आयाम भएको बताउँदै यसलाई पूर्ण बनाउन अनेक चरण र तहमा काम गर्नुपर्ने, यी तह र चरणमा साझेदारहरूसँग सहकार्य हुन सक्ने धारणा राखेकी थिइन् । ‘राम्रो काम गर्ने दायित्व सबैको हो । धेरै राम्रा काम मिलाएर उत्कृष्ट नतिजा निकाल्न सकिन्छ ।’ उनले भनिन्, ‘अहिले तालिममा जसले भाग लिनुभएको छ । उहाँहरूलाई रोजगार, स्वरोजगार वा अन द जब ट्रेनिङमा जोड्ने लक्ष्यसहित काम भइरहेको छ । अहिले प्राप्त गरेको तालिमको स्तरलाई बढाउने काम पनि छ । हामी यस्ता क्षेत्रमा सहकार्य अगाडि बढाउन सक्छौँ ।’

भेटका क्रममा प्रतिनिधिमण्डलले, सिप मेलामा सहभागिता, तालिम व्यवस्थापन, विषय छनोट, यसको श्रम बजारमा सम्बन्ध उत्कृष्ट रहेको प्रतिक्रिया दिए । उनीहरूले विद्यालयहरूमा शिक्षासँगै सिप सिकाउँदै जानु उत्कृष्ट कामको थालनी भएको र यस क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।

सिप मेलामा सहभागीको आकर्षणका विषयमा कुरा गर्दै सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भने, ‘१४ हजारभन्दा बढी आवेदकले तालिममा सहभागी हुने इच्छा राख्नुभएको छ । हामी सिप मेलाका अतिरिक्त नियमित तालिमका कार्यक्रममार्फत आवेदकको अपेक्षा पूरा गर्न खोजिरहेका छौँ ।’

छलफलका क्रममा श्रम बजारको आवश्यकताअनुसारका तालिम सञ्चालन गर्नु पर्ने, तालिम दिएपछि रोजगार वा स्वरोजगार हुन पनि सहयोग गर्नु पर्ने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : ०७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद