कांग्रेस नेता लामाले गरे तेस्रो पटक एम्बुलेन्स सहयोग « Khabarhub

कांग्रेस नेता लामाले गरे तेस्रो पटक एम्बुलेन्स सहयोग


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेसका केन्द्रीय नेता एवं पूर्व सांसद जिप छिरिङ लामाले गृह जिल्ला दोलखामा तेस्रो पटक एम्बुलेन्स सहयोग गरेका छन् ।

नेता लामाले २०७५ साल मंसिरमा दोलखाका पाँच वटा स्थानीयलाई एम्बुलेन्स सहयोग गरेका थिए । त्यसै गरी दोस्रो पटक २०७६ साल जेठमा जिल्लाका चार वटा स्थानीय तहलाई चार थान एम्बुलेन्स र दुई वटा नगरपालिकालाई दुई थान शव वाहन सहयोग गरेका थिए । उनले तेस्रो पटक मंगलबार जिल्लाका दुई वटा स्वास्थ्यचौकीमा दुई वटा एम्बुलेन्स सहयोग गरेका हुन् ।

उनले आमाबाबुको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स प्रदान गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका नेता लामाले भीमेश्वर नगरपालिका– ८ को बोच स्वास्थ्य चौकी र बिगु गाउँपालिका– १ स्थित गोंगर स्वास्थ्यचौकीलाई एक–एक वटा एम्बुलेन्स सहयोग गरेका हुन् ।

आफ्ना स्वर्गीय बुबा–आमाको सम्झनामा स्थापना गरेको तेङिमा-दाडोमा फाउन्डेसनको नामबाट जिल्लाका दुर्गम ठाउँ र विपन्न नागरिकहरू लामाले औषधि उपचारमा समेत सहयोग गर्दै आएका छन्। लामाले मंगलबार काठमाडौंमा जिल्लाका यी दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्स आवश्यक ठानी हस्तान्तरण गरेका थिए ।

विकट गाउँका कुनै नागरिकहरूले सवारी अभाव र आर्थिक संकटकाकारण अस्पतालसम्म पुग्न असहज नहोस् तथा समय उपचार पाउन भन्ने उद्देश्यले दुई वटा स्वास्थ्चौकीलाई तेस्रो पटक एम्बुलेन्स सहयोग गरेको उनले बताए ।

नेता लामाले गत २०७२ को भूकम्प समेत जिल्लाका दुर्गम भेगका नागरिकलाई ब्यक्तिगतरूपमा नगद आर्थिक सहयोग समेत गरेका थिए।उनले यस अघि पनि क्यान्सर पीडित,आगलागी पीडित, दीर्घ रोगी, मिर्गौला पीडित तथा सामाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएका छन् । वडाकै स्वास्थ्य चौकीमा सुविधा सम्पन्न एम्बुलेन्स पाएपछि स्थानीय दुई वडा बोच र गोगँरका स्थानीय खुसी देखिएका छन् ।

-सुबास बस्नेत

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : २१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल