सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गरिने « Khabarhub

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गरिने


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गते दिउँसो ३ बजे संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ ।

बैठकले प्रहरी नायव महानिरिक्षक उमेश राज जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गर्ने निर्णय गरेको छ । भाषा आयोगको सदस्यमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

बैठकले अन्तराष्ट्रियस्तरको क्रिकेट कराते तेक्वाण्डो र कवड्डी प्रतियोगीतामा विजयी तथा पदक प्राप्त खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरि जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ६ : २८ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा