राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ « Khabarhub

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वरी मनोहरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौँ थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिए  ।

उनले भने, ‘हिजो बुधबार बिहान ८ बजेदेखि १० बजेसम्मको चलेको कक्षा १२ को कम्प्युटर साइन्सको परीक्षा अगाडि नै प्रश्न पत्र सार्वजनिक गरी काठमाडौँ महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेका विरुद्ध शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता नवराज अधिकारीले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ६ : ३५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण