उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा « Khabarhub

उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

ढकाल अहिले प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा छन् ।

उता जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् ।

यसअघि वैशाख ४ गतेको बढुवा समितिको बैठकले एआईजीका लागि पहिलोमा जोशी र दोस्रोमा ढकाललाई बढुवा गर्न सरकारलाई सिफारि गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ६ : ३७ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर