टी-२० विश्वकपः युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज « Khabarhub

टी-२० विश्वकपः युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार बिहानको खेलमा वेस्ट इन्डिजले युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ।

प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर वेस्ट इन्डिजले युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको हो।

विश्वविजेता वेस्ट इन्डिज युगान्डाका लागि महंगो हुने अनुमान गरिएको छ। तर पछिल्ला केही खेलमा एसोसिएट राष्ट्रले टेस्ट क्रिकेट खेल्ने राष्ट्रमाथि शानदार जित निकालेका छन्।

समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड छन्।

आइतबार वेस्ट इन्डिज दोस्रो खेल खेल्दैछ भने युगान्डा तेस्रो खेल खेल्दैछ। पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई ५ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा अफगानिस्तानसँग १२५ रनले पराजित भएको युगान्डाले दोस्रो खेलमा पिएनजीमाथि तीन विकेटको जित निकालेको छ।

यो समूहमा दुवै खेलमा विजयी हुँदै अफगानिस्तान शीर्ष स्थानमा छ। एक खेल मात्र खेलेको वेस्ट इन्डिज भने तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ६ : १२ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली