टी-२० विश्वकपः युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज « Khabarhub

टी-२० विश्वकपः युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार बिहानको खेलमा वेस्ट इन्डिजले युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ।

प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर वेस्ट इन्डिजले युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको हो।

विश्वविजेता वेस्ट इन्डिज युगान्डाका लागि महंगो हुने अनुमान गरिएको छ। तर पछिल्ला केही खेलमा एसोसिएट राष्ट्रले टेस्ट क्रिकेट खेल्ने राष्ट्रमाथि शानदार जित निकालेका छन्।

समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड छन्।

आइतबार वेस्ट इन्डिज दोस्रो खेल खेल्दैछ भने युगान्डा तेस्रो खेल खेल्दैछ। पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई ५ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा अफगानिस्तानसँग १२५ रनले पराजित भएको युगान्डाले दोस्रो खेलमा पिएनजीमाथि तीन विकेटको जित निकालेको छ।

यो समूहमा दुवै खेलमा विजयी हुँदै अफगानिस्तान शीर्ष स्थानमा छ। एक खेल मात्र खेलेको वेस्ट इन्डिज भने तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ६ : १२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।