वेस्ट इन्डिजले युगान्डालाई दियो १७४ रनको चुनौती « Khabarhub

वेस्ट इन्डिजले युगान्डालाई दियो १७४ रनको चुनौती


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ अन्तर्गत आइतबार बिहान जारी खेलमा वेस्ट इन्डिजले युगान्डालाई १७४ रनको चुनौती दिएको छ।

प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै १७३ रन बनाएको हो।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ४४ रन बनाए। ४२ बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे। अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले नटआउट १७ बलमा ६ चौकाको मद्दतमा ३० रन बनाए।

कप्तान रोभम्यान पावेलले २३ रन जोड्दा निकोलास पुरन र शेर्फेन रदरफोर्डले समान २२-२२ रन बनाए। ब्रान्डन राजाले १३ रन जोड्दा रोमारियो शेफर्डले नटआउट ५ रन थपे।

वेस्ट इन्डिजविरुद्ध युगान्डाका ब्रायन मसाबाले दुई विकेट हात पारे भने अल्पेश रामजानी, कसमस किवाटा, दिनेश नक्रानीले समान एकएक विकेट हात पारे। अब युगान्डाले जवाफी ब्याटिङ गर्दैछ।

समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड छन्।

आइतबार वेस्ट इन्डिज दोस्रो खेल खेल्दैछ भने युगान्डा तेस्रो खेल खेल्दैछ। पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई ५ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा अफगानिस्तानसँग १२५ रनले पराजित भएको युगान्डाले दोस्रो खेलमा पिएनजीमाथि तीन विकेटको जित निकालेको हो।

यो समूहमा अफगानिस्तान शीर्ष स्थानमा छ। एक खेल मात्र खेलेको वेस्ट इन्डिज तालिकाको दोस्रो स्थानमा छ भने युगान्डा तेस्रो स्थानमा छ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ८ : ०८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार