ताइवानी आकाशमा चिनियाँ लडाकु विमान « Khabarhub

ताइवानी आकाशमा चिनियाँ लडाकु विमान


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानले करीब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरु आफ्नो सीमा नजिकै देखिएको बताएको छ ।

ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन् । चीनको यो कदमलाई उत्तेजक कार्यको रूपमा व्याख्या गरिएको छ ।

चिनियाँ लडाकु विमानको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोत परिचालन गरेको ताइवानका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो समय ताइवानी राष्ट्रपति लाई चिङ तेले आफ्नो सपथग्रहण समारोहमा चीनलाई विश्व शान्ति एवं स्थायित्वका लागि सबैभन्दा ठूलो रणनीतिक चुनौतीको संज्ञा दिएपछि चीन क्रुद्ध बनेको छ ।

ताइवानमा नयाँ सरकार गठन भएदेखि नै चिनियाँ सेनाका लडाकु विमानहरू दिनहुँ ताइवानको सिमानामा घुमिरहेका छन् । पछिल्लो घटनालाई पनि ताइवानमाथि दबाब सिर्जना गर्ने चिनियाँ रणनीतिसँग जोडिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ९ : १२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी