गृहमन्त्री लामिछाने विराटनगरमा | Khabarhub Khabarhub

गृहमन्त्री लामिछाने विराटनगरमा


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आज विराटनगर पुगेका छन् । उनी कोशी प्रदेशस्तरीय सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

सुरक्षा समितिको बैठक अगाडि गृहमन्त्री लामिछाने राजस्व चुहावट रोकथामसम्बन्धी बैठकमा सहभागी भएका थिए ।

प्रदेशस्तरीय सुरक्षा समितिको बैठक अपराह्न ३ बजे हुने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीलाई बैठकको उद्देश्यबारे उनले जानकारी गराउने बताइएको छ ।

बैठकमा कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुखलगायत सहभागी हुने प्रजिअ भट्टराईले बताए ।

यसअघि, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सरकारले विपद् व्यवस्थापनको आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  २ : ०३ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको