उपत्यकाका आठ लाख बढी सवारीचालक कारबाहीमा « Khabarhub

उपत्यकाका आठ लाख बढी सवारीचालक कारबाहीमा


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभाबी हर्नलगायत विभिन्न कसुरमा ती सवारीचालकहरुलाई कारबाही गर्दा ५७ करोड ८४ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको जानकारी दिए ।

कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने एक लाख आठ हजार आठ सय ३४, रातो बत्ती बलेको बेला सवारी चलाउने २६ हजार एक सय ३६ सवारीचालक रहेका छन् ।

फुटपाथमा सवारी पार्किङ गर्ने एक लाख पाँच हजार पाँच, ट्राफिक एपबाट एक हजार दुई सय २४, बढी भाडा लिने तीन सय सात, जथाभाबी हर्न बजाउने आठ हजार सात सय ९९ सवारीचालक कारबाहीमा परेका छन् ।

अवस्था ठिक नभएको ५६ हजार पाँच सय १४, ओभरलोड पाँच हजार पाँच सय ७८, क्युआरटीमार्फत ८२ हजार नौ सय ८४, सिसिटिभीबाट ५३ हजार चार सय ६६ सवारीचालकलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

ट्राफिक कार्यालयले ह्विल लकमार्फत २० हजार एक सय ६४, सवारी साधनबाट निस्कने प्रदूषणमा एक हजार तीन सय २२, जेब्राक्रसमा तीन सय ४८ जनालाई कारबाही गरेको छ ।

सो अवधिमा कार्यालयले मापसे, लेन र रातोबत्ती क्रस गर्ने दुई लाख एक हजार दुई सय ५४ चालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

उपत्यकाका विभिन्न विद्यालयका २५ हजार तीन सय २७ विद्यार्थी, ५८ हजार पाँच सय ४७ सर्वसाधारण तथा पैदलयात्री, ४१ हजार नौ सय ६२ चालक तथा सहचालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय ट्राफिक प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  २ : ३४ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई