अज्ञात रोगले जुम्लाको हिमा गाउँपालिकामा २३ भेडा मरे | Khabarhub Khabarhub

अज्ञात रोगले जुम्लाको हिमा गाउँपालिकामा २३ भेडा मरे


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

कर्णाली- जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन् ।  सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिए ।

उनले आफ्ना १०, कर्णबहादुर शाहीका छ, अकलबहादुर शाहीका चार र जिरबहादुर शाहीका तीन वटा भेडा मरेको बताए ।

‘भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने, रिङ्गटा लाग्ने, झोक्राउने समस्यापछि मृत्यु हुने गरेको छ,’ उनले भने, ‘यो तीन दिनमा १० र एक महिनामा २३ भेडा मरिसकेका छन् ।’ यसरी भेडा मर्न थालेपछि उपचारका लागि पशु प्राविधिकलाई खबर गरिएको उनको भनाइ छ ।

हिमा गाउँपालिकाका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा पशु प्राविधिक पठाउने तयारी भइरहेको बताए ।

उनका अनुसार औषधि सकिएकाले स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको छ । औषधि अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढिरहेको छ । उनले उपचार तथा रोकथामका लागि पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लामा औषधिको माग गरिएको बताए ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्र सिंह वुढ्थापाले स्थानीय तहमा रहेको पशु शाखाले पहिचान गरेको रोगका आधारमा औषधि पठाउने जानकारी दिए । भेडा मर्न थालेपछि भेडीगोठ नदै पाटनबाट कालाकाटियातिर सारिएको स्थानीय किसानले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ३ : ०३ बजे

भेडेटारको ‘चार्ल्स भ्यूपोइन्ट जब ‘स्काइवाक टावर’ बन्यो (तस्बिरहरू)

धरान– बेलायतका तत्कालीन युवराज चार्ल्स घुम्दै आउँदा चढेको शैलुङ डाँडा

कृषि उपजलाई बजार अभाव

म्याग्दी– पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका

पहिराले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो

वालिङ– पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर

वीरगञ्ज भन्सारको कारोबार घट्यो

वीरगञ्ज– प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयमार्फत हुने आयात र

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही

काठमाडौ‌ँ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय सहिद तथा