यी ४९ जना सांसद- जसलाई मोदीले बनाउँदैछन् मन्त्री | Khabarhub Khabarhub

यी ४९ जना सांसद- जसलाई मोदीले बनाउँदैछन् मन्त्री


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली : नरेन्द्र मोदीले आइतबार साँझ तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।

राष्ट्रिय जनतान्त्रिक गठबन्धनको तर्फबाट संसदीय दलका नेता मोदीलाई राष्ट्रपति द्रौपती मुर्मुले शनिबार नै प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् ।

प्रधानमन्त्री पदका लागि शपथ ग्रहण समारोह आइतबार साँझ ७ बजेर १५ मिनेटमा राष्ट्रपति भवनमा सुरु हुने छ ।

नरेन्द्र मोदीसँगै मोदी ३.० क्याबिनेटका पनि कयौँ मन्त्रीले शपथ लिने छन् । यस्तोमा सम्भावित मन्त्रीका रुपमा हेरिएका सांसदहरूलाई फोन आउन थालिसकेको छ । अहिलेसम्म मन्त्रीको दौडमा रहेका ४९ जनाको नाम सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जीतनराम माझी, जयन्त चौधरी र अनुप्रिया पटेललाई मन्त्रीका लागि डाकिएको छ । उनीहरू मन्त्री हुने करिब निश्चित छ ।

नितिन गडकरी, सुदेश महतो, एचडी कुमार स्वामी, राजनाथ सिंह, प्रह्लाद जोशी र जयन्त चौधरी, राममोहन नायडु र पी चन्द्रशेखरलाई मन्त्रीका लागि बोलाइएको छ।

को को हुन् सम्भावित मन्त्री ?

भारतीय जनता पार्टी

अमित शाह
नितिन गडकरी
राजनाथ सिंह
अश्विनी वैष्णव
नित्यानन्द राय
मनसुख मान्डविया
प्रह्लाद जोशी
शिवराज सिंह चौहान
बीएल वर्मा
शोभा करन्दलाजे
ज्योतिरादित्य सिंघिया
सर्वानन्द सोनोवाल
अर्जुन राम मेघवाल
रक्षा खडसे
जितेनद्र सिंह
किरेन रिजुजु
राव इन्द्रजीत सिंह
शा‍न्तनु ठाकुर
बन्दी सञ्जय
जी किशन रेड्डी
हरदीप सिंह पुरी
रवनीत सिंह बिट्टु
अन्नपूर्णा देवी
जितिन प्रसाद
मनोहर लाल खट्टर
हर्ष मल्होत्रा
अजय टम्टा
धर्मेन्द्र प्रधान
निर्मला सीतारामण
सावित्री ठाकुर
मुरलीधर मोहन
सीआर पाटिल
श्रीपद नाइक
गजेन्द्र सिंह शेखावत
गिरिराज सिंह
कृष्णपाल गुर्जर
एस जयशंकर
पीयुष गोयल
जेपी नड्डा

तेलगु देशम् पार्टी

राम मोहन नायडु
चन्द्रशेखर पेम्मासानी

जनता दल युनाइटेड

एचडी कुमारस्वामी
रामनाथ ठाकुर

लोक जनशक्ति पार्टी

चिराग पासवान

हम पार्टी

जीतनराम माझी

शिवसेना

प्रताप राव जाधव

राष्ट्रिय लोक दल

जयन्त चौधरी

अपना दल

अनुप्रिया पटेल

रामदास अठवले

नीतिश-नायडुलाई कसरी मनाइयो ?

समाचार अनुसार मन्त्रिपरिषद् विस्तारको दोस्रो चरणमा नीतिशकुमा र नायडुका माग सम्बोधन गरिने भएको छ ।

यसमा सहमति जुटेपछि कुन दललाई कति मन्त्री दिने भन्ने अन्तिम टुंगो गरिएको हो । समाचार अनुसार चन्द्रबाबु नायडुको पार्टी टीडीपी र नीतिशको पार्टी जेडीयुको कोटामा एक-एक क्याबिनेट मन्त्री र एक एक राज्य मन्त्री बनाइने छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ३ : ०६ बजे

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी

कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोडिँदै

काठमाडौं– सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु

यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज