युरोपियन सङ्घको चुनावको अन्तिम दिन मतदान सुरु « Khabarhub

युरोपियन सङ्घको चुनावको अन्तिम दिन मतदान सुरु


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

बेल्जियम– युरोपियन सङ्घको चुनावको अन्तिम दिन आइतबार फ्रान्स, जर्मनी लगायत २१ वटा युरोपेली देशहरूमा मतदान सुरु भएको छ ।

युक्रेनको युद्ध, अमेरिका–चीन प्रतिद्वंद्विताले चिह्नित विश्वव्यापी व्यापार र औद्योगिक तनाव, जलवायु आपतकाल आदि समस्या सामना गरिरहेको यो महाद्वीपका लागि यो एक महत्त्वपूर्ण समय हो ।

मतदानको नतिजाले ब्लकको अर्को संसद र अप्रत्यक्ष रूपमा शक्तिशाली युरोपेली आयोगको संरचना निर्धारण गर्नेछ जसले आगामी पाँच वर्षमा युरोपेली सङ्घका नीतिहरूलाई आकार दिन मद्दत गर्नेछ।

‘युरोपेली संसदले आफ्नो सही भूमिका खेल्नका लागि यो निर्वाचन महत्त्वपूर्ण छ, यसले सबै युरोपेली नागरिकहरूको दैनिक जीवनमा भूमिका खेल्नुपर्छ’, मतदाता कोस्टास कारागियानिसले एथेन्सको मतदान केन्द्रबाट भने ।

आगामी युरोपेली संसदको ७ सय ७० सिटमध्ये अधिकांशमा मध्यमार्गी मुख्यधाराका दलहरूले कब्जा गर्ने प्रक्षेपण गरिएको छ तर जनमत सर्वेक्षणले बलियो अति दक्षिणपन्थीले यस धारलाई रूढीवादतर्फ धकेल्दा उनीहरू कमजोर हुने अनुमान गरेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ४ : १९ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल