माधव नेपालको चिन्ता- अध्यादेशबाट हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र हुँदैछ « Khabarhub

माधव नेपालको चिन्ता- अध्यादेशबाट हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र हुँदैछ


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रस्तुत हुने दस्तावेजमा आधारित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यसो भनेका हुन् ।

उनले संसद्को बजेट अधिवेशन सकिएपछि अध्यादेश ल्याएर आफ्नो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्‍याउँदै सांसदहरूलाई जता पनि जान सक्ने गरि षडयन्त्र भएको बताए ।

जसपा फुटाउने षडयन्त्रपछि दोश्रो तारो आफ्नो पार्टीलाई बनाइएको उनले बताए ।

अध्यक्ष नेपालले कम्युनिष्ट भनिएका नै कम्युनिष्टविरोधी भएको यथार्थलाई सबैले बुझ्नुपर्ने धारणा राखे ।

कम्युनिष्ट आन्दोलनहरू विभाजन भयो भनेर विचलित नहुने भन्दै पुनर्गठित गर्दै नयाँ उचाइमा पुर्‍याउने उनले बताए ।

अध्यक्ष नेपालले कम्युनिष्टका र देशभक्तले निरंकुशताविरोधी तथा परिवर्तन चाहने शक्तिलाई गोलबन्ध गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ४ : २७ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया