शपथको दिन पनि विपक्षीसँग नरम भएनन् मोदी | Khabarhub Khabarhub

शपथको दिन पनि विपक्षीसँग नरम भएनन् मोदी

विपक्षी गठबन्धनका अधिकांश दललाई दिएनन् निम्तो


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


20.6k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याउन असफल भएपछि गठबन्धन सरकार निर्माणमा जुटेका नरेन्द्र मोदी र विपक्षी दलहरूबीच शपथ ग्रहणको दिन पनि तनाव रोकिएको छैन ।

आइतबार साँझ सवा ७ बजे राष्ट्रपति भवन आयोजित समारोहमा तेस्रो पटक मोदीले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्न लाग्दा विपक्षी गठबन्धनका नेतालाई भने निम्ता नै पठाइएको छैन ।

यस शपथ समारोहमा भारतले छिमेकी देशका राष्ट्राध्यक्षलाई निम्ता दिएका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेता दिल्ली पुगिसकेका छन् ।

विदेशी नेता दिल्ली उत्रिसक्दा मोदीको शपथ समारोहमा विपक्षी इन्डिया गठबन्धन सहभागी हुने नहुने अझै टुंगो भएको छैन ।

यसलाई लिएर अझै पनि ठोस कुरा आएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेलाई शपथ ग्रहणमा सहभागी हुन निम्ता गएको छ । तर खरगे शपथ ग्रहण समारोहमा जाने नजाने अझै टुंगो भएको छैन ।

शनिबारसम्म पनि कांग्रेसले प्रधानमन्त्री मोदीको शपथ ग्रहण कार्यक्रमका लागि कुनै निम्तो नआएको जनाएको थियो ।

निम्तो आए जाने

कांग्रेस नेता केसी वेणुगोपालले शपथ ग्रहणमा सहभागी हुनेबारेको निर्णय इन्डिया गठबन्धनले गर्ने बताए । कांग्रेसका सञ्चार प्रमुख जयराम रमेशले शनिबार शपथ ग्रहणका लागि मोदीले अहिलेसम्म अन्तरराष्ट्रिय नेतालाई मात्रै निम्ता दिएको बताएका थिए ।

उनले इन्डिया गठबन्धनका कसैलाई पनि निम्तो नआएको बताएका थिए । यदि निम्तो आएमा इन्डिया गठबन्धनका नेताहरू सहभागी हुनेबारे विचार गर्ने उनले बताए ।

थरूरद्वारा इन्कार

जानकारी अनुसार मल्लिकार्जुन खरगेलाई शपथ ग्रहणको निम्तो पुगेको छ । उता कांग्रेस सांसद शशी थरूरले भने आफूहरूलाई कुनै निम्तो नआएको बताएका छन् ।

कांग्रेस नेता थरुरले मोदीतिर कटाक्ष गर्दै सबैभन्दा उत्तम भनेको छिमेकी देशका प्रमुखहरूलाई बोलाउनु नै रहेको उल्लेख गरे।

उनले यस पटक पाकिस्तानलाई नबोलाएको भन्दै मोदीप्रति व्यंग्य कसे । उता मोदीले शपथ लिने दिन नै विश्वकप क्रिकेटमा भारत र पाकिस्तान आमनेसामने हुँदैछन् ।

ममता बनर्जी नजाने

उता तृणमूल कांग्रेस प्रमुख ममता बनर्जीले आफू र आफ्नो दलका कोही पनि प्रतिनिधि मोदीको शपथ समारोह नजाने बताइन् ।

ममता बनर्जीले कोलकातामा आफूहरूलाई मोदीको शपथका लागि कुनै निमन्त्रणा नआएको बताउँदै दिल्ली जाने कुरै नभएको उल्लेख गरिन् ।

तृणमूल कांग्रेसको संसदीय दलको बैठकपछि पत्रकारसँग ममता बनर्जीले मोदीले शपथ लिँदा जानुको अर्थ नभएको बताइन् । ‘तृणमूल कांग्रेसका कोही पनि यस समारोहमा सहभागी हुने छैनन्’, उनले भनिन् ।

ममता बनर्जीले भाजपालाई निशाना साँध्दै भनिन्, ‘एक असंवैधानिक र गैरकानुनी पार्टीलाई सरकार गठनका लागि शुभकामना दिन सकिँदैन । यस सरकारको गठन गैरकानुनी र अलोकतान्त्रिक तरिकाबाट गरिएको छ । हामी भाजपालाई तोड्ने छैनौँ । तर ऊ आफैं एक दिन टुट्ने छ । भाजपाका सदस्यहरू खुसी छैनन् ।’

ममता बनर्जीको पार्टी पश्चिम बंगालको ४२ सिटमा २९ सिट जित्दै भाजपालाई धक्का दिन सफल भएको छ । ममता बनर्जीको तृणमूल कांग्रेस इन्डिया गठबन्धनको सदस्य पनि हो ।

यसैबीच कांग्रेस नेता केसी वेणुगोपालले विपक्षी नेताले सरकारको तर्फबाट शपथ ग्रहण समारोहमा सहभागी हुनका लागि निम्ता नमिलेको बताएका छन् ।

उता अर्का कांग्रेस नेता जयराम रमेशले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहका लागि इन्डिया गठबन्धनका नेताहरूलाई निम्तो आएको छैन । जब हाम्रा नेताहरूलाई निम्ता आउने छ, तब हामी त्यसबारेमा विचार गर्नेछौँ ।’

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ५ : ३८ बजे

अरुण बराललाई जवाफ : आलु जोख्ने यन्त्रले हावा जोख्दैन

केही समयअघि सार्वजनिक भएको यस पंक्तिकारको पुस्तक ‘जैविक दर्शन’माथि मित्र

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  

काठमाडौं– बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित