वैशाखमा मात्रै ५ वटा मन्त्रालयको साढे २ अर्ब रकमान्तर « Khabarhub

वैशाखमा मात्रै ५ वटा मन्त्रालयको साढे २ अर्ब रकमान्तर


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैशाख महिनामा मात्रै ५ वटा मन्त्रालयको साढे २ अर्ब बढी बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार वैशाख महिनामा ऊर्जा, भौतिक, रक्षा, सहरी र स्वास्थ्य मन्त्रालयको २ अर्ब ४० करोड ६ लाख ९६ हजार रुपैयाँ रकमान्तर भएको हो ।

अर्थ मन्त्रालयकाअनुसार सो अवधिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ६, रक्षा मन्त्रालयका ३, सहरी विकास मन्त्रालयका ११ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ वटा शीर्षकबाट अर्को कार्यक्रम शीर्षकमा रकमान्तर गरिएको छ ।

त्यस्तै, अर्थ मन्त्रालयले वैशाख महिनामा संघीय संसद्, अदालत, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई २ अर्ब ८३ करोड ९६ लाख ४६ हजार रुपैयाँ थप बजेट निकासा गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ५ : ४७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने