वैशाखमा मात्रै ५ वटा मन्त्रालयको साढे २ अर्ब रकमान्तर « Khabarhub

वैशाखमा मात्रै ५ वटा मन्त्रालयको साढे २ अर्ब रकमान्तर


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैशाख महिनामा मात्रै ५ वटा मन्त्रालयको साढे २ अर्ब बढी बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार वैशाख महिनामा ऊर्जा, भौतिक, रक्षा, सहरी र स्वास्थ्य मन्त्रालयको २ अर्ब ४० करोड ६ लाख ९६ हजार रुपैयाँ रकमान्तर भएको हो ।

अर्थ मन्त्रालयकाअनुसार सो अवधिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ६, रक्षा मन्त्रालयका ३, सहरी विकास मन्त्रालयका ११ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ वटा शीर्षकबाट अर्को कार्यक्रम शीर्षकमा रकमान्तर गरिएको छ ।

त्यस्तै, अर्थ मन्त्रालयले वैशाख महिनामा संघीय संसद्, अदालत, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई २ अर्ब ८३ करोड ९६ लाख ४६ हजार रुपैयाँ थप बजेट निकासा गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ५ : ४७ बजे

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच