थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी, एक जना पक्राउ « Khabarhub

थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी, एक जना पक्राउ


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

चैत्र २९ गते जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा काठमाडौं उपत्यका अनुसन्धान  कार्यालयबाट पक्राउ परी थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी उनको आफन्तसँग मेरो उच्च पदस्थ व्यक्तिहरूसँग नजिकको चिनजान छ, मैले आफै सरकारी वकिल, न्यायाधीश, प्रहरी समेत तल देखि माथिसम्म पैसाले सेटिङ मिलाउँछु भन्दै काठमाडौंको विभिन्न स्थानमा बोलाई नगद २० लाख रुपैयाँ र चेक मार्फत २५ लाख गरी जम्मा ४५ लाख रकम ठगी गरेको आरोपमा सर्लाही घर भई हाल धापाखेल बस्ने  ४५ बर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंह पक्राउ परेका छन् ।

सिंहलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर,
टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ६ : ३४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा