मैदानमा उत्रिँदै भारत र पाकिस्तान, यस्तो रोचक थियो विश्वकपमा पहिलो भिडन्त « Khabarhub

मैदानमा उत्रिँदै भारत र पाकिस्तान, यस्तो रोचक थियो विश्वकपमा पहिलो भिडन्त


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टी२० विश्वकप २०२४ अन्तर्गत आइतबार साँझ चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । र

राजनीतिक रुपमा पनि शत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीचको खेल विश्व क्रिकेट जगतमा सधैँ विशेष मानिन्छ ।

यी दुई देशले पछिल्लो एक दशकमा कुनै द्विपक्षी सिरिज खेलेका छैनन् । यस्तोमा दुवै टीमबीच आईसीसी या एसीसी प्रतियोगितामा मात्रै भेट हुने गरेको छ । त्यहीकारण दुवै देशका समर्थकका लागि आजको खेल व्यग्र प्रतीक्षाको विषय बनेको छ ।

टी२० विश्व कपमा यी दुई टीम आठौं पटक आमने-सामने हुँदैछन् ।

यसअघि टी२० विश्व कपका सातवटा भेटमा भारत र पाकिस्तान भिड्दा ६ पटकको नतिजा भारतको पक्षमा गएको छ । अर्कातिर एक पटक पाकिस्तानको टीमले बाजी मारेको छ ।

एक दिवसीय र टी२० दुवै विश्वकपको कुरा गर्दा भारतीय टीम केबल एक पटक पाकिस्तानसँग हारेको छ । यो खेल सन् २०२१ को टी२० विश्व कपअन्तर्गतको थियो, जहाँ पाकिस्तानले भारतलाई १० विकेटले माथ दिएको थियो।

रोचक पहिलो भिडन्त

सन् २००७ मा पहिलो टी-२० विश्व कप खेलिएको थियो । पहिलो विश्व कपको समूह चरणको १० औँ खेलमा भारत र पाकिस्तान भिडेका थिए ।

त्यसबेला पाकिस्तानका कप्तान शोएब मलिकले टस जितेर पहिले बलिङ रोजेका थिए। भारतले पहिले ब्याटिङ गर्दै रोबिन उथप्पाको अर्धशतकीय प्रदर्शनको बलमा २० ओभरबाट ६ विकेट गुमाएर १४१ रचको चुनौती दिएको थियो ।

यसको जवाफमा पाकिस्तानको टीमले ७ विकेट गुमाउँदै २० ओभरमा १४१ रन नै बनायो । त्यसबेला मिस्बाह उल हक सर्वाधिक ५३ रन बनाए । त्यसबेला सुपर ओभरको नियम थिए । त्यसैले बल आउट खेलाइन्थ्यो । जसमा दुवै टीमका तर्फबाट १-१ गरेर पाँच पटक बलरले विकेटमा हान्नु थियो ।

भारतबाट वीरेन्द्र सहवाग, रोबिन उथप्पा र हरभजन सिंहले विकेटमा प्रहार गर्न सके। जबकि पाकिस्तानको तर्फबाट उमर गुल, यासिर अराफात र शाहिद अफरिदी चुक्दा भारतले यो खेल जितेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ६ : ४७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज