सुनकोशी-३ मा लगानी जुट्ने, बंगलादेशमा ४० मेगावाट निर्यात सम्झौता हुने | Khabarhub Khabarhub

सुनकोशी-३ मा लगानी जुट्ने, बंगलादेशमा ४० मेगावाट निर्यात सम्झौता हुने


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाल-बंगलादेश सचिवस्तरीय ऊर्जा बैठक आगामी असार ८ र ९ गते हुने भएको छ । दुई दिनसम्म पोखरामा हुने बैठकमा विद्युत् व्यापार र निर्यात गर्ने केही बुँदाहरुमा सहमति र छलफल हुनेछ ।

ऊर्जा तथा जलस्रोत मन्त्रालय स्रोतका अनुसार बैठकमा विभिन्न तीन चरणमा सम्झौता र छलफल गर्ने तयारी छ । पहिलो चरणमा सुनकोशी–३ जलविद्युत् आयोजनाको निर्माणका लागि आवश्यक पर्ने लगानी र निर्माणको मोडालिटीबारे सम्झौता हुनेछ ।

६८३ मेगावाट क्षमताको सुनकोशी–३ जलविद्युत् आयोजना विकास गर्न बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग सम्झौता गर्ने तयारी गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता नविनराज सिंहले बताए । विगतमा पनि बंगलादेशले सुनकोशी–३ जलविद्युत् आयोजनामा लगानी गर्न इच्छा देखाएकाले आगामी बैठकले लगानीको बाटो खोल्ने उनको भनाइ छ ।

त्यस्तै, बैठकले नेपालबाट ४० मेगावाट विद्युत् निर्यात गर्न सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । तत्कालका लागि ४० मेगावाट बिजुली निर्यात गर्ने गरी सहमति गरिने र त्यसबाहेक अन्य जलविद्युत् आयोजनाको विद्युत् निर्यातका सम्भावनाका बारेमा पनि छलफल गरिने उनले बताए । बंगलादेशले यसअघि नै नेपालबाट बिजुली किन्न सहमति जनाइसकेको थियो ।

सचिवस्तरीय बैठकले नेपालको बिजुली बंगलादेशसम्म निर्यात गर्न भारत हुँदै लैजाने प्रसारण प्रणाली र द्वि-देशीय विद्युत् व्यापारका विषयमा सहमति र छलफल गरिने सिंहले बताए ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ७ : ०० बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका