कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै | Khabarhub Khabarhub

कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ का ५४ वर्षीय बुुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा छन् । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उनले यसपटक पनि पाँच कट्ठा जमिनमा धान लगाएका छन् । उनी त्यही धान भित्र्याउने तयारीमा छन् ।

वर्षे धान खेतीभन्दा बढी उब्जनी हुुने भएकाले विगत तीन वर्षदेखि चैत धान खेती गर्न थालेको उहाँले बताए।

“खेतीलगाएको सुुरुको वर्ष पाँच कट्ठामा १० क्विन्टल उत्पादन भएको थियो । सोही जग्गामा वर्षे धान लगाउँदा बढिमा छ क्विन्टलसम्म उत्पादन हुुन्थ्यो । त्यसैले आउदो वर्ष एक विघामा धान लगाउने सोच बनाएको छुु”, उनले भने,“खान मिठो र उत्पादन पनि राम्रो हुुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको थिए । अहिलेसम्म पछुताउनु परेको छैन ।”

उनी मात्रै होइन घोडाघोडी नगरपालिकाका ९० जना कृषकले पाँच सय २१ कट्ठामा चैते धान खेती गरेका छन् । तिनै किसानमध्ये कतिपयले धान भित्र्याइसकेका छन् भने कतिपय भित्र्याउने तयारीमा छन् ।

यसरी चैते धान खेतीतर्फ आकर्षित भएका किसानलाई प्रोत्साहनका लागि घोडाघोडी नगरपालिकाले पुरस्कार स्वरुप नगद सहयोगसहित सम्मानीत गरेको छ । पालिकाभित्रका चैते धान रोप्ने ९० कृषकलाई प्रतिकट्ठा पाँच सयका दरले पुरस्कृत र सम्मान गरेको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए ।

पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीयस्तरमा उत्पादन बढाउन कृषकलाई प्रोत्साहन स्वरुप नगरपालिकाले नगद पुरस्कार दिने नीति लिएको उनले बताए । घोडाघोडीसँगै कैलालीका अन्य पालिकामा पनि चैते धान खेतीतर्फ आकर्षण बढ्दै गएको छ ।

कैलालीको तल्लो क्षेत्रका स्थानीयले विगतदेखि नै बाढीका कारण चैते धान लगाउँदै आएका थिए तर पछिल्लो समय कैलालीका बाढी प्रभावित नहुने क्षेत्रका कृषकसमेत चैते धान खेतीतर्फ आकर्षित हुँदै गएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुुख खगेन्द्र शर्माले जानकारी दिए ।

“भजनी र टीकापुुर नगरपालिकाका साथै जोशिपुुर र कैलारी गाउँपालिकामा पनि विगतदेखि नै चैते धान खेती लगाउने गरिएको थियो । यी क्षेत्रमा वर्षात्मा डुुबान हुुने भएकाले चैते धान लगाइ पनि पछिल्ला वर्षमा डुबान नहुने घोडाघोडी, लम्कि चुुहान नगरपालिका र धनगढी उपमहानगरपालिकालगायतका क्षेत्रमा पनि चैते धान खेती लगाउने कृषकको सङ्ख्या बढ्दै गएको छ”, उनले भने ।

डुबान हुुने क्षेत्रमा एक बाली र अन्य क्षेत्रमा चैते र वर्षे गरेर दुई बाली धान भित्र्याउने गरिएको छ । यस कार्यले जिल्लामा समग्र धान उत्पादनको स्थितिमा सुधार भएको ज्ञान केन्द्रले जनाएको छ । कैलाली जिल्लाभर गतवर्ष एक हजार एक सय हेक्टरमा मात्रै लगाइएको चैते धान यसवर्ष भने एक हजार एक सय ५० हेक्टरमा लगाइएको छ । यसवर्ष समग्रमा पाँच हजार सात सय ५० टन चैते धान उत्पादन हुने ज्ञान केन्द्रको प्रक्ष्येपण छ ।

“चैते धान खेतीका लागि केन्द्र र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न खालका कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । चैते धानलाई धेरै पानी नचाहिने र यस सयममा बाबढी तथा डुबानसमेत नहुने भएकाले किसानले धेरै लाभ लिने सम्भावना छ”, ज्ञान केन्द्र प्रमुख शर्मा भन्छन्,“यसका अतिरिक्त रोग, किराको प्रकोपसमेत कम हुन्छ । पछिल्लो समय कैलालीमा चैते धानतर्फ कृषक आकर्षित भइरहेका छन् यसले धान खेतीको क्षेत्रफल र वार्षिक उत्पादन पनि बढ्दै गएको छ ।”

चैते धान खेतीको विस्तारले जिल्लाका बाढी प्रभावित चारवटा स्थानीय तहका कृषकको जीविकोपार्जन सुधारमा समेत सहज भइहरको छ । अन्य पालिकाका कृषकले पनि वर्षको दुईपटक धान बालीबाट लाभ लिई आम्दानीमा वृद्धि हुने र उत्पादन वृद्धिले भारतबाट हुने धान चामलको आयातमा कमिआउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ७ : १५ बजे

समस्याग्रस्त सहकारी छानबिन विशेष समितिको बैठक जारी 

काठमाडौं– देशभरका समस्याग्रस्त सहकारीको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग

काठमाडौं- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा श्रमिकलाई पनि

तपाईँको कुर्सी कस्तो छ ? आसनको तरिका के छ ?

गायक पशुपति शर्माको एउटा गीत छ- कोही भए बोल… सजिलो

अमेरिकामा भारी वर्षा र पहिरोमा परी १३ जनाको मृत्यु

काठमाडौं– मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा

अपहरणमा परेकी पाकिस्तानी हिन्दु बालिका नभेटिएको भन्दै लण्डनमा प्रदर्शन

काठमाडौं– पाकिस्तानमा एक हिन्दु बालिकाको अपहरण भएको भन्दै बेलायतको लण्डनमा