इरानमा राष्ट्रपतीय निर्वाचनका लागि ६ जना उम्मेदवार योग्य ठहर « Khabarhub

इरानमा राष्ट्रपतीय निर्वाचनका लागि ६ जना उम्मेदवार योग्य ठहर


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले आगामी जुन २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि कन्जरभेटिभ पार्टीका छ जना उम्मेदवारलाई अनुमोदन गरेको छ ।

आगामी जुन २८ मा हुन लागेको निर्वाचनले मे १९ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका अति परम्परावादी राष्ट्रपति इब्राहिम राइसीको स्थान लिनेछ ।

गृह मन्त्रालयले योग्य ठहर भएको घोषणा गरेका उम्मेदवार राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका ८० जना आकाङ्क्षीमध्येबाट इरानको निर्वाचनसम्बन्धी काम हेर्ने ‘गार्जियन काउन्सिल’बाट उम्मेदवारी अनुमोदन भएका व्यक्ति हुन् ।

उम्मेदवारका आकाङ्क्षीमध्ये सुधारवादी खेमाबाट एक जनालाई मात्र राष्ट्रपतीय निर्वाचनका लागि योग्य ठहर गरिएको छ । निर्वाचनका लागि पूर्व राष्ट्रपति महमुद अहमदीनेजादलाई अनुमोदन गरिएको छैन ।

अनुमोदन हुनेमा सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्वआणविक वार्ताकार सइद जलिली रहेका छन् ।इरानको संसदमा तब्रिजबाट प्रतिनिधित्व गर्ने सांसद मसूद पेजेशकियानलाई पनि अनुमोदन गरिएको छ ।

उनले सन् २०२२ को सेप्टेम्बरमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा सरकारको पारदर्शिताको अभावको विरोध गरेका थिए ।

कन्जरभेटिभ पार्टीका पूर्वगृहमन्त्री मुस्तफा पोरमोहम्मदीलाई पनि चुनाव लड्ने अनुमति दिइएको छ ।यो सूचीमा तेहरानका कन्जरभेटिभ मेयर अलिरेजा जकानी र शहीद फाउन्डेसनका प्रमुख तथा वर्तमान उपराष्ट्रपति अमिरहुसेन गाजिजादेह–हासेमी पनि रहेका छन् ।

इरानमा सुधारवादी समूहको मुख्य गठबन्धनले कम्तीमा आफ्नो एक उम्मेदवारलाई प्रतिस्पर्धा गर्न ‘गार्जियन काउन्सिल’बाट स्वीकृति दिइएमा मात्र यस महिनाको राष्ट्रपतीय निर्वाचनमा आफूहरूले भाग लिने बताएको छ ।

सुधारवादी पत्रिका इतेमादले सुधारवादी मोर्चाका प्रवक्ता जवाद इमामलाई उद्धृत गर्दै लेखेको छ, “यदि सुधारवादीहरूले आफ्नो उम्मेदवार छ भने चुनावमा भाग लिन्छन्, अन्यथा, सहभागिताको अपेक्षा गर्नु हुँदैन ।”

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ७ : ३९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल