कश्मीरमा पर्यटकको आगमन बढ्दो « Khabarhub

कश्मीरमा पर्यटकको आगमन बढ्दो


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको कश्मीरमा पर्यटकको आगमनमा वृद्धि हुँदै गइरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार यस वर्षको पछिल्लो ६ महिनासम्म १२ लाख ५० हजारभन्दा धेरै पर्यटकले कश्मीरको भ्रमण गरेका छन् ।

यससँगै वर्ष सन् २०२४ मा पर्यटकको सङ्ख्यामा अभूतपूर्व वृद्धि हुने अपेक्षा गरिएको छ । कश्मीरका गुल्मर्ग, पहलगाम र सोनामर्गजस्ता शहरका होटेलमा पाहुनाको आगमन ह्वात्तै बढेको र मध्य जुनसम्म सबै कोठा बुक प्याक भएको बताइएको छ ।

त्यसबाहेक सो क्षेत्रका होमस्टे, हाउसबोट र गेस्ट हाउसमा पनि पाहुनाको सङ्ख्या बढेको द कश्मीर मनिटरले उल्लेख गरेको छ । कश्मीरमा भारतका आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या पनि बढेर गएको छ ।

कश्मीरमा सुरक्षा व्यवस्थामा आएको सुधारसँगै पर्यटकको आगमन बढेको जनाइएको छ । मुलुकका अन्य क्षेत्रमा बढ्दो गर्मीका कारण पनि कश्मीरमा पर्यटक ओइरिएका हुन् ।

कश्मीर भ्रमण गर्ने पर्यटकमा गुजरात, तामिल नाडु, पश्चिम बंगाल र महाराष्ट्रका नागरिक धेरै छन् । त्यसबाहेक आउँदा महिनाहरुमा दिल्ली र पञ्जाबका नागरिकको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ८ : १० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार