कश्मीरमा पर्यटकको आगमन बढ्दो « Khabarhub

कश्मीरमा पर्यटकको आगमन बढ्दो


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको कश्मीरमा पर्यटकको आगमनमा वृद्धि हुँदै गइरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार यस वर्षको पछिल्लो ६ महिनासम्म १२ लाख ५० हजारभन्दा धेरै पर्यटकले कश्मीरको भ्रमण गरेका छन् ।

यससँगै वर्ष सन् २०२४ मा पर्यटकको सङ्ख्यामा अभूतपूर्व वृद्धि हुने अपेक्षा गरिएको छ । कश्मीरका गुल्मर्ग, पहलगाम र सोनामर्गजस्ता शहरका होटेलमा पाहुनाको आगमन ह्वात्तै बढेको र मध्य जुनसम्म सबै कोठा बुक प्याक भएको बताइएको छ ।

त्यसबाहेक सो क्षेत्रका होमस्टे, हाउसबोट र गेस्ट हाउसमा पनि पाहुनाको सङ्ख्या बढेको द कश्मीर मनिटरले उल्लेख गरेको छ । कश्मीरमा भारतका आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या पनि बढेर गएको छ ।

कश्मीरमा सुरक्षा व्यवस्थामा आएको सुधारसँगै पर्यटकको आगमन बढेको जनाइएको छ । मुलुकका अन्य क्षेत्रमा बढ्दो गर्मीका कारण पनि कश्मीरमा पर्यटक ओइरिएका हुन् ।

कश्मीर भ्रमण गर्ने पर्यटकमा गुजरात, तामिल नाडु, पश्चिम बंगाल र महाराष्ट्रका नागरिक धेरै छन् । त्यसबाहेक आउँदा महिनाहरुमा दिल्ली र पञ्जाबका नागरिकको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ८ : १० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का