पाँचथरबाट फिल्म ‘ऊनको स्विटर’को छायांकन सुरु « Khabarhub

पाँचथरबाट फिल्म ‘ऊनको स्विटर’को छायांकन सुरु


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपिन कार्की र नायिका मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘ऊनको स्विटर’को छायांकन सुरु भएको छ । फिल्मका निर्देशक नवीन चौहानका अनुसार आइतबार पाँचथरमा शुभ मुहूर्त गरिएको हो ।

निर्देशक चौहानका अनुसार फिल्मको गीतबाट छायांकन सुरु गरिएको हो । परीक्षा लिम्बू र एलेक्स पारसले मुहूर्त सट दिएका हुन् । फिल्मको छायांकन ३५ दिनमा सक्ने निर्माण पक्षको लक्ष्य रहेको छ ।

फिल्मको छायांकन पाँचथरका विभिन्न स्थानमा हुने चौहानले बताए । फिल्ममा माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुणपुन मगर लगायतको अभिनय रहेने बताइएको छ ।

फिल्ममा निर्देशक चौहनकै लेखन रहेको छ । उनलाई सुरज कटुवालले साथ दिएका छन् । फिल्मको प्रदर्शन मिति तय भएको छैन । शरद ऋतुमै प्रदर्शन हुने सम्भावना रहेको निर्देशक चौहानले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ८ : २१ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा