पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै भारत « Khabarhub

पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै भारत


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने भएको छ । नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको हो ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानको भेटलाई प्रतिस्पर्धा भन्दा भिडन्तकै रुपमा हेरिन्छ। भारत–पाकिस्तान द्वन्द्वले यी दुई देशको खेलसमेत भिडन्त र विवादमासमेत पर्ने गरेको छ।

भारतले पाकिस्तानमा हुने भनिएका कतिपय खेल बष्किारसमेत गरेको छ। यसले विश्व क्रिकेटमा भारत र पाकिस्तानको प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ।

विश्वकपको समूह चरणकै खेलमा भारत र पाकिस्तानले भेट पक्का गरेका हुन्। समूह ‘ए’मा रहेको भारतले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा भारतले आयरल्याण्डमाथि ८ विकेटको जित निकालेको हो। पाकिस्तान भने पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ।

पाकिस्तानका कप्तान बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा छन्। उनले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई उछिनेका हुन्।

यो विश्वकपको पहिलो खेलमा अमेरिकाविरुद्ध ४४ रन जोडेका बाबरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार ६७ रन बनाएका हुन्।

दोस्रो स्थानमा रहेका विराट कोहलीले चार हजार ३८ रन बनाएका छन्। यो सूचीको तेस्रो स्थानमा भारतकै कप्तान रोहित शर्मा रहेका छन्। उनले चार हजार २६ रन बनाएका छन्।

बलिङ र ब्याटिङ दुर्वतर्फ विश्वको नम्बर ‘वान’ खेलाडी भएका टिम भारत र पाकिस्तानको भिडन्तलाई विश्व क्रिकेटमा सबैले चासोका साथ हेर्ने गरेका छन्। पछिल्ला पाँच खेलमा भने पाकिस्तानमाथि भारत हाबी भएको देखिन्छ।

पछिल्ला १२ भेटमा भारत ८ खेलमा विजयी भएको छ भने पाकिस्तानले तीन खेलमा मात्र जित निकालेको छ । पछिल्ला टी–२० का पाँच खेलमा भारतले तीन जित निकाल्दा पाकिस्तान दुई खेलमा विजयी भएको छ ।

विश्वकपको समूह ‘ए’मा अमेरिका, भारत, क्यानडा, पाकिस्तान र आयरल्याण्ड छन् । अमेरिका दुई खेलमा विजयी हुँदै शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । दुई खेलमा एक जित निकाल्दै क्यानडा तेस्रो स्थानमा छ भने पाकिस्तान र आयरल्याण्ड अंकबिहीन अवस्थामा चौथो र पाँचौ स्थानमा छन् ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ८ : ३० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्