मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । अर्का एक प्रहरी घाइते भएका छन् ।

फिक्कल गाउँपालिका वडा नम्बर–५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकी तर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।

मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको हो।

उनको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

यसैगरी तनहुँको भिमाद नगरपालिका–७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ८ : ५७ बजे

संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन्

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ ।

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकाश दीप र गिल चम्किएको दोस्रो टेस्टमा भारतको जित

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा ३३६ रनको जित हात