रास्वपाले स्थापना दिवसमा चियापान गर्ने « Khabarhub

रास्वपाले स्थापना दिवसमा चियापान गर्ने


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

रास्वपाका सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले दोस्रो स्थापना दिवसको अवसरमा असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिने बताए ।

पार्टी स्थापना दिवस असार १ गतेदेखि हालसालै निर्माण सम्पन्न र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै, असार ३ गते पत्रकारहरुलाई कार्यक्रमबारे जानकारी गराउने, ५ गते रक्तदान कार्यक्रम, सार्वजनिक स्थलहरुको सरसफाई, ६ गते वृक्षारोपण, ७ गते चियापानलगायतको कार्यक्रम आयोजना गरिएको छ ।

रास्वपाले स्थापना दिवसको कार्यक्रममा केन्द्रीय समिति, विभाग, प्रदेश समिति, विभागका पदाधिकारी र सदस्यहरुलाई जिल्ला र पालिकामा पुगेर कार्यक्रम आयोजना गर्न निर्देशन गरेको छ ।

त्यस्तै, आवश्यक छलफल, सहयोग र समन्वय गरी कार्यक्रम सफल बनाउन पहल कदमी लिन पनि भनिएको छ ।

 

 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको