अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ « Khabarhub

अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा – अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पर्सा प्रहरीले चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओलाई पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरेको छ ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १० : ०१ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत