आज २०८१ साल असार २५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २५ गते मंगलबारको राशिफल


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २५ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई ९ तारिख। असार शुक्ल पक्षको चतुर्थी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। श्रमको उचित मूल्यांकन हुने दिन छ। राजनीतिक क्षेत्रमा तपाईंलाई कमजोर पार्ने समूह सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ।

वृष : समाजमा बोलीको प्रभाव रहनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। सानो श्रमले ठुलो फाइदा हुने व्यापारको सुरुवात गर्नु राम्रो हुनेछ। फलफूल तथा दुग्धजन्य उत्पादनमा नाफा हुनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : काम बनाउन बोलीमा चतुरता आवश्यक देखिन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानी र श्रमको क्षेत्रबाट उचित मूल्य प्राप्त हुनेछ। सामाजिक सेवाको मौका मिल्नेछ।

कर्कट : बोलीको प्रभाव रहने छ। तपाईंको कामको प्रशंसा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीबाट नाफा हुने दिन छ। परिवारले भने शंका गर्ने योग छ।

सिंह : सामाजिक कामको चिन्ता बढ्नेछ। अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। आफन्तसँगको भेटले दिन रमाइलो बन्नेछ।

कन्या : बौद्धिक कला र गलाले प्रशंसा पाउने दिन छ। भौतिक वस्तुको मूल्य बढ्नेछ। मनमा उत्साह बढ्नेछ। बहुमत साथीले समर्थन गर्नेछन्। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारमा विचार मिल्दा दिन रमाइलोसँग बित्नेछ।

तुला : दिन अनुकूल छ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिनेछ। नयाँ वस्त्र लगाउने अवसर मिल्नेछ। कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा जिम्मेवारी थपिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। संकटमा रचनात्मक साथ मिल्नेछ।

वृश्चिक : साथीको साथले तपाईंको काम बन्नेछ। आफूले आफूलाई समय सापेक्ष बनाउनुपर्नेछ। आलोचनाको सामना गर्नुपर्ने दिन छ। क्षमता अभिवृद्धि गर्ने समय आएको छ। संकटमा परिवारको सहयोग मिल्नेछ।

धनु : नयाँ ठाउँको यात्रा हुनेछ। पुराना साथीसँगको भेटले मन उत्साहित हुनेछ। वैदेशिक लगानीबाट नाफा हुनेछ। व्यापारमा लाभ हुनेछ। परिवारको दूरी बढ्ने जोखिम छ।

मकर : परोपकारमा सहभागी हुने दिन छ। राजनीतिक क्षेत्रमा जिम्मेवारीको भागबण्डामा मनमुटाव हुनेछ। व्यापारमा लगानी जोखिममा पर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथमा दिन रमाइलोसँग बित्नेछ।

कुम्भ : मानसिक तनावमा रहे पनि लामो समय रोकिएका कामले पूर्णता पाउने देखिन्छ। बौद्धिक व्यक्तिसँगको भेट फलदायी बन्नेछ। अर्थतन्त्रमा धोका हुनेछ। परिवारको साथले दिन सहज बन्नेछ।

मीन : असन्तुष्टिले मन दुःखी हुनेछ। न्यायपूर्वक गरेको कामको परिणाम कुर्नु राम्रो हुनेछ। सामाजिक र पारिवारका सदस्यले राम्रो कामको प्रशंसा गर्नेछन्। दैनिकी राम्रो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : १० बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी