युरोकप सेमिफाइनल : आज राति स्पेन र फ्रान्स भिड्दै | Khabarhub Khabarhub

युरोकप सेमिफाइनल : आज राति स्पेन र फ्रान्स भिड्दै


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा आज राति सेमिफाइनलको पहिलो खेल हुँदैछ ।

नेपाली समयअनुसार राति पौने १ बजे म्युनिखस्थित म्युनिख फुटबल एरिनामा सुरु हुने पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।

स्पेन आयोजक जर्मनी र फ्रान्स पोर्चुगललाई क्वार्टरफाइनलमा हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

स्पेन र फ्रान्स छैटौँ पटक मुख्य प्रतियोगितामा एकआपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले तथा एक खेल स्पेनले जितेको छ । यस्तै एक खेल भने बराबरीमा सकिएको थियो ।

फ्रान्सले सन् १९८४ को युरोकप फाइनल, २००० को युरोकप क्वाटरफाइनल र २००६ को विश्वकप प्रिक्वार्टरफाइनलमा स्पेनलाई हराएको थियो । स्पेनले भने सन् २०१२ को युरोकप क्वार्टरफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । सन् १९९६ को युरोकपमा बराबरी भएको थियो ।

समग्रमा भने यी दुई टोलीबीच अहिलेसम्म ३६ खेल भएका छन् । जसमा स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् भने ७ खेल बराबरी भएको छ ।

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : ०४ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका