भारतको कश्मीरमा चरमपन्थी हमला, कम्तीमा पाँच सैनिक मारिए « Khabarhub

भारतको कश्मीरमा चरमपन्थी हमला, कम्तीमा पाँच सैनिक मारिए


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको उत्तरी राज्य जम्मु-कश्मीरको कठुआमा सोमबार भएको चरमपन्थी हमलामा कम्तीमा ५ जना भारतीय सैनिक मारिएका छन् ।

सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा सर्च अपरेशनमा रहेको सेनाको गाडीमा चमपन्थीले हमला बोलेका थिए ।

उच्च सुरक्षा सतर्कता र हमलाको सम्भावनाबारेको सूचनाबीच एक महिनायताकै ठूलो आक्रमण भएको हो ।

हिजबुल मुजाहिदिनका नेता बुरहान वानीको वार्षिकीको मौकामा हमला हुन सक्ने सूचना थियो । कठुआमा पनि उच्च सुरक्षा सतर्कता थियो । तर चरमपन्थी हमला गर्न सफल भएका छन् ।

जासुसी संयन्त्रबाट लगातार आइरहेको सूचनापछि सैनिक स्कुल पनि सोमबारलाई छुट्टी दिइएको थियो । स्कुल ग्रीष्मकालीन बिदापछि सोमबारदेखि खुल्ने तालिका थियो । सुरक्षाबलको गाडीलाई चरमपन्थीहरूले पहिरो झरेको सडकमा निशाना बनाएका हुन् ।

सुरक्षाबलको गाडीमा ग्रिनेड हानिएपछि सेनाका जवानले जवाफी फायरिङ थालेका थिए । त्यसपछि मुठभेट चलिरह्यो । हमलाको जानकारी मिलेपछि थप सुरक्षा बल पनि घटनास्थलमा पुगेको थियो ।

भिडन्तका क्रममा कम्तीमा पनि ५ भारतीय सैनिक मारिएको पुष्टि रक्षामन्त्री राजनाथ सिंहले गरेका छन् । उनले घटनालाई लिएर दु:ख पनि व्यक्त गरेका छन् ।

‘कठुआको बदनोटामा एक आतंकवादी हमलामा हाम्रा पाँच बहादुर सैनिकको निधनप्रति मलाई दु:ख लागेको छ’, उनले भनेका छन् ।

उनले शोक सन्तप्त परिवारप्रति गह‍िरो समवेदना प्रकट गर्दै यो कठिन घडीमा देश उनीहरूको साथमा रहेको बताएका छन् ।

उनले आतंकवाद विरोधी अभियान जारी रहने बताउँदै जम्मु-कश्मिरमा शान्ति व्यवस्था कायम गरिरहन भारतीय सैनिक प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको बहामा धावा बोलिएको थियो । जसमा पाँच सैनिकले ज्यान गुमाएपछि अहिले सर्च अभियान तीव्र बनाइएको छ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १० : ५७ बजे

आमाको अनुस्थितिमा बावु–छोरी कथामा दयाहाङ स्टार ‘मिरमिरे’को ट्रेलर

काठमाडौं – नायक दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका नौ उम्मेदवार : को-को परे ?  

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय सभाका नौ उम्मेदवारको नाम टुंगो

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम– लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले

कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगे नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग