मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध « Khabarhub

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

 विराटनगर–  मोरङ र सुनसरीमा भारी वर्षा भएको छ । गएरातिदेखि सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको हो ।

भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले अझ धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ ।

वर्षाका कारण इटहरी सडक जलमग्न भएको छ। कोशी राजमार्ग अन्तर्गत इटहरी–विराटनगर सडक खण्डको इटहरीस्थित रिलायन्स उद्योग अघिको सडक जलमग्न भएको हो ।

सडक जलमग्न भएपछि सवारी साधन सञ्चालनमा सकस भएको छ । दुईपाङ्ग्रे सवारी साधन मोटर साइकल, स्कुटी लगायतका सवारी साधन चलाउन समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

तस्बिरहरू : ध्रुव भट्टराई

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया