मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध « Khabarhub

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

 विराटनगर–  मोरङ र सुनसरीमा भारी वर्षा भएको छ । गएरातिदेखि सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको हो ।

भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले अझ धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ ।

वर्षाका कारण इटहरी सडक जलमग्न भएको छ। कोशी राजमार्ग अन्तर्गत इटहरी–विराटनगर सडक खण्डको इटहरीस्थित रिलायन्स उद्योग अघिको सडक जलमग्न भएको हो ।

सडक जलमग्न भएपछि सवारी साधन सञ्चालनमा सकस भएको छ । दुईपाङ्ग्रे सवारी साधन मोटर साइकल, स्कुटी लगायतका सवारी साधन चलाउन समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

तस्बिरहरू : ध्रुव भट्टराई

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ०२ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना