फिल्म ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध « Khabarhub

फिल्म ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डिसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन् ।

निर्माण टिम र द्वय अभिनेता बीच औपचारिक कागजी सम्झौता भएको हो। दुवै जनाले निर्देशक प्रदीपसँग काम गर्दा नयाँ अनुभव हुने बताए ।

भाद्र महिनाको दोश्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, यवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दिया पुन, बेलायती अभिनेता जेमी बेकन लगायत अनुबन्धित भइसकेका छन् ।

निर्माण टिम र निर्देशक शाहीका अनुसार अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको छ ।

‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्। त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए। यसअघि उनले ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। हाल सेट निर्माणको काम र प्री प्रोडक्सनको भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ४ : ३० बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो