कारबाहीविरुद्ध मुकुलले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने « Khabarhub

कारबाहीविरुद्ध मुकुलले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । तर उनले उक्त कारबाहीविरुद्ध पुनरावेदन गर्न पाउने भएका छन् ।

पार्टी कार्यालय बनस्थलीमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय लिएको हो ।

यसअघिको बैठकमा अराजनीतिक व्यवहार गरेको कुरा भन्दै ढकाललाई निलम्बन गरिएको अवस्थामा अनुशासन समितिको प्रतिवेदनका आधारमा पदबाट बर्खास्त गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए ।

बैठकमा अनुशासन समितिको प्रतिवेदनबारे विस्तृत छलफल भएको उनले बताए ।

प्रतिवेदनको सिफारिस अनुसार पार्टीको विधान धारा ५६ उपधारा ३ बमोजिम पार्टीको साधारण सदस्य कायम राखी महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको झाले बताए ।

यदि मुकुललाई केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावदेनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको जानकारी झाले दिए ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ५१ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि