तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयलाई चिकित्सक संघको आग्रह « Khabarhub

तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयलाई चिकित्सक संघको आग्रह


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चिकित्सक संघले विपद्का घटना बढ्दै गएकाले बन्दोबस्तीका सामग्रीसहित तयार रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै बाढीपहिरोका क्रममा सङ्क्रामक रोग फैलनसक्ने जोखिमलाई लिएर यस्तो आग्रह गरेको हो ।

‘पूर्वतयारीका लागि आवश्यक औषधि, जनशक्ति, उपचार सामग्रीलगायत बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालय र सम्पूर्ण निकायलाई संघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले आफ्नो मातहतका शाखाहरूलाई समेत आवश्यक समन्वय र सहयोगका निम्ति तयार रहन आह्वान गरेको छ । महामारी फैलिन नदिन र राहत उपलब्ध गराउन संघको सबैमा अपिल छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ०० बजे

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०