माओवादीलाई एमालेको जवाफ- सरकार संविधानकै धाराबाट बन्छ, बालाजुको २२ धाराबाट होइन « Khabarhub

माओवादीलाई एमालेको जवाफ- सरकार संविधानकै धाराबाट बन्छ, बालाजुको २२ धाराबाट होइन


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने बहसको विषय नभएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिको सभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने बताइरहँदा त्यो उसको विषय नभएको बताए । उनले सरकार संविधानकै धाराअन्तर्गत बन्ने भन्दै बालाजुको बाइस धाराबाट नबन्ने प्रष्ट पारे ।

मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि जवाफ दिँदै उनले भने ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट हो । बालाजुको बाइस धाराबाट बन्दैन । तपाईंहरूले चिन्ता लिनुर्दैन ।’

गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका थिए ।

सहमतिअनुसार असार २८ गतेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ०७ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड