माओवादीलाई एमालेको जवाफ- सरकार संविधानकै धाराबाट बन्छ, बालाजुको २२ धाराबाट होइन « Khabarhub

माओवादीलाई एमालेको जवाफ- सरकार संविधानकै धाराबाट बन्छ, बालाजुको २२ धाराबाट होइन


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने बहसको विषय नभएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिको सभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने बताइरहँदा त्यो उसको विषय नभएको बताए । उनले सरकार संविधानकै धाराअन्तर्गत बन्ने भन्दै बालाजुको बाइस धाराबाट नबन्ने प्रष्ट पारे ।

मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि जवाफ दिँदै उनले भने ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट हो । बालाजुको बाइस धाराबाट बन्दैन । तपाईंहरूले चिन्ता लिनुर्दैन ।’

गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका थिए ।

सहमतिअनुसार असार २८ गतेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ०७ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको