एमालेप्रति माओवादी आक्रोश : दाहालले भने- संसद् विघटन गर्नेले नैतिकताको कुरा नगर्नू « Khabarhub

एमालेप्रति माओवादी आक्रोश : दाहालले भने- संसद् विघटन गर्नेले नैतिकताको कुरा नगर्नू


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दुई–दुई पटक संसद बिघटन गर्नेहरुले नैतिकताको कुरा गर्न नसुहाउने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै दाहालले प्रधामन्त्रीले विश्वासको मत लिन पाउने व्यवस्था संविधानमा रहेपछि राजीनामाको बिषयलाई नैतिकतासँग जोडेर अभिव्यक्ति दिने गरेकोमा आक्रोश पोखे ।

उनले असंवैधानिक रुपमा दुई–दुई पटक संसद विघटन गर्नेहरूले नैतिकताको कुरा गर्न नसुहाउने बताएका हुन् ।

उनले एमालेको प्रस्तावकै कारण यसअघि प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमालेसँग सहकार्य गरेको धारणा राखे ।

तर अहिले एकाएक माओवादीसँग सहकार्य तोडेर कांग्रेससँग सहकार्य गर्ने एमालेको नियममा प्रश्न गर्ने ठाँउ गरेको उनले बताए । दाहालले कांग्रेस–एमालेबीच भएको सहमति बदनियतपूर्ण रहेको आरोप पनि लगाए ।

वर्तमान सरकारले सुशासनको काममा निरन्तरता दिँदै गर्दा बेचन झा प्रकरणपछि सत्ता समीकरण परिवर्तनको अवस्था सिर्जना भएको दाबी दाहालले गरे ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : १३ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा