मधेशमा माओवादी दलका नेता हटाउन अविश्वास प्रस्ताव « Khabarhub

मधेशमा माओवादी दलका नेता हटाउन अविश्वास प्रस्ताव


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन बहुमत सांसदले मधेस प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । 

प्रदेशमा रहेको माओवादी केन्द्रका ९ जना सांसदमध्ये ६ जनाले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका हुन । प्रस्ताव दर्ता गराउनेमा माओवादी संसदीय दलका प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारी रहेका छन् । उनीहरूले अविश्वासको प्रस्ताव संसदीय दलका उपनेता युवराज भट्टराईलाई बुझाएका हुन । 

दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा प्रस्ताव दर्ता गराउन सकिने संसदीय दलको विधानमा उल्लेख छ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको बताइएको छ । 

उपनेता भट्टराईले १५ दिनभित्र बैठक बोलाउन निर्देशन समेत दिइसकेका छन् ।

असन्तुष्ट पक्षले दलका नेता साहमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् । हस्ताक्षरकर्तामध्येका एक जना सांसदका अनुसार नेता साहले सुरुदेखि नै पार्टीभित्र गुटबन्दी गरेको र अर्थमन्त्री भएपछि व्यापक अनियमितता गरेको आरोप लगाइएको छ । 

बजेट निर्माण गर्दा समेत पार्टीका कुनै पनि सांसद कुरा नसुनेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ४३ बजे

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा

भरूवा बन्दुकसहित एकजना पक्राउ

मकवानपुर– बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक

नबिलले दियो मानवसेवा आश्रमलाई अटो

काठमाडौं– नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन