‘बेचन झा पक्राउ पर्ने बित्तिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले बुझिसके’ « Khabarhub

‘बेचन झा पक्राउ पर्ने बित्तिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले बुझिसके’


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपाका सांसद हरि ढकालले प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र मुलुकमा आर्थिक समस्या देखिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले मुलुकको परिवर्तनमा प्रमुख दलहरूको भूमिका महत्वपूर्ण रहेपनि तीन दशकमा प्रमुख दलहरूकै कारण मुलुक पटक पटक समस्यामा परेको बताएका हुन् ।

उनले कांग्रेस–एमालेबीचको सहमति सार्वजनिक नभएको अवस्थामा उक्त सम्झौतामा अब बन्ने सरकार पनि तीन दशकको निरन्तरता भएको जिकिर गरे ।

सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा बेचन झा पक्राउ पर्ने बितिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले राम्रैसँग बुझेको उनको भनाइ छ ।

उनले सरकार परिवर्तन हुँदा पनि राजनीतिक संस्कार र इमानदारी कार्यकालभरि कायम राख्ने भन्दै तीन दशकमा मुलुकलाई अप्ठेरोमा पार्नेहरुले राजनीतिक संस्कार नसिकाउन सुझाव दिए । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ५१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया