फिल्म ‘धुरंधर’मा सँगै देखिएलान् त सञ्जय र रणवीर ? « Khabarhub

फिल्म ‘धुरंधर’मा सँगै देखिएलान् त सञ्जय र रणवीर ?


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बक्स अफिसमा ब्लकबस्टर सावित भएको फिल्म ‘उरी’का निर्देशक आदित्य धर नयाँ प्रोजेक्टको तयारीमा छन् । 

धरको नयाँ फिल्म ‘धुरंधर’मा नायक सञ्जय दत्त काम गर्ने पक्का भएको छ । यो वर्षको अन्त्यमा छायांकनमा निस्कने योजनामा निर्माण टिम पुगिसकेको छ । 

यो फिल्म मुम्बईको अन्डरवर्ल्ड डनको कथामा आधारित रहेको छ । जसमा सञ्जयको प्रमुख मध्येको एक भूमिका रहने बताइएको छ । उनले खलपात्र भूमिका निर्वाह गर्ने चर्चा बाहिरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

यस फिल्मको केन्द्रीय पात्रका लागि रणवीर सिंहलाई धरले प्रस्ताव गरेका छन् । उनी सकारात्मक भए पनि अनुबन्ध भने भइनसकेको चर्चा छ । 

उनीसँगै अर्जुन रामपाल र माधवनलाई यस फिल्मका लागि प्रस्ताव गरिएको छ । यो फिल्मलाई मल्टिस्टारर प्रोजेक्टका रुपमा निर्माण गर्ने सोचमा धर रहेका छन् । हाल यो फिल्मको प्रि-पोडक्सनको काम भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : २४ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम