वाइफाइ स्लो भएर हैरान पार्‍यो ? यसरी बढाउनुस् स्पीड « Khabarhub

वाइफाइ स्लो भएर हैरान पार्‍यो ? यसरी बढाउनुस् स्पीड


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाइफाइ राउटरको सुस्त गतिले तपाईं पक्कै पनि हैरान हुनु भएको होला । वाइफाइको स्पीड नहुँदा समस्या भएको भए केही सजिलो किसिमले तपाईं आफैंले स्पीड बढाउन सक्नुहुन्छ ।

केही यस्ता तरिका छन्, जसले तपाईंको पुरानो वाइफाइ राउटर नफेरि नै स्पीड दोब्बरसम्म बढाउन सकिन्छ ।

राउटरलाई अग्लो स्थानमा राख्ने 

तपाईंको वाइफाइको राउटर कुन स्थानमा छ, त्यसले स्पीडमा असर गर्दछ । यस्तोमा तपाईंले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् । यदि तपाईंले राउटरलाई भुइँमा राख्नुभएको छ भने त्यसको वाइफाइ सिग्नल डिभाइसमा पुग्न सक्दैन ।

त्यसैले वाइफाइ राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुस्, जसले डिभाइसमा पुरा सिग्नल दिन सक्छ ।

राउटरको क्षमता निश्चित गर्ने

हरेक वाइफाइ राउटरमा क्षमताको निश्चित सीमा तोकिएको हुन्छ । उक्त राउटरको एरिया कभरेज निश्चित हुन्छ ।

राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ । उदाहरणका लागि कुनै राउटरले ५०० मिटरसम्मको एरिया कभरेज गर्छ भने कुनैले २० मिटर मात्रै ।

त्यसैले तपाईंको वाइफाइ राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नुस् । यस्तो जानकारी वाईफाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडि लेखिएको हुन्छ ।

राउटरको वरिपरि मेटल नराख्ने

वाइफाइ राउटरको अवस्था र राखेको स्थान ठिक भए पनि कहिलेकाहीँ त्यसमा अवरोध हुन्छ ।

वाइफाइ सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रिट र मेटल हो । वाइफाइको वरिपरि सकेसम्म मेटल (धातु) का सामाग्री नराख्नुहोस् ।

त्यसैगरी अन्य इलेक्ट्रोनिक्स उपकरण पनि छेउछाउ नराख्नुस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताले पनि वाइफाइको सिग्नल रोक्ने हुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुस् ।

राउटर राख्ने दिशाको सुनिश्चितता

वाइफाइ राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्दछ । यसले सबै दिशामा एकै प्रकारले सिग्नल पठाउने गर्दछ ।

त्यसैले जुन दिशामा वा स्थानमा बसे पनि केही फरक पर्दैन । तर तपाईंको वाइफाइ राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस् । त्यसको बीचमा कुनै अवरोध त छैनन् हेर्नुहोस् ।

रिपीटर डिभाइस प्रयोग

उल्लेखित टिप्सहरू प्रयोग गरिसक्दा पनि वाइफाइ सिग्नल कमजोर छ भने तपाईंले वाइफाइ रिपिटर लगाउनु उपयुक्त हुन्छ ।

वाइफाइ रिपिटरलाई कतै कतै वाइफाइ सिग्नल बुस्टर डिभाइसका नामले बुझ्ने गरिन्छ । यो सानो उपकरणले तपाईंको वाइफाइ राउटर र डिभाइसको दूरी बढी भए पनि वाइफाइ सिग्नललाई बढाउन सहयोग गर्दछ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : ३४ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी