सीपले युवामा जगाएको आशाको सञ्चार « Khabarhub

सीपले युवामा जगाएको आशाको सञ्चार


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

हेटौँडा उपमहानगरपालिका वडानम्बर १ की सर्मिला बिक स्वरोजगार बन्ने सपना सँगालिरहेकी हुन्थिन् । परिवारको आर्थिक अवस्था कमजोर रहेको उनलाई स्वरोजगार बन्न केही गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो । तर के गर्ने, कता जाने, उनी अन्यौलमै थिइन् । 

अहिले उनी हेटौँडा १ चौकीटोलमा प्रदेश युवा परिषद बागमतीले सञ्चालन गरेको ब्युटिसियन तालिममा सहभागी भएकी छिन् । सीप सिक्दै गर्दा उनमा आत्मविश्वास भरिएको छ । पार्लर सञ्चालन गरेर उद्यमी बन्ने उनको योजना छ ।  

जोखिमयुक्त काम पुरुषले मात्रै गर्न सक्छन् भन्ने नेपाली समाजको आम बुझाई रहेको छ । तर चितवन राप्ती नगरपालिका वडानम्बर ९ की प्रेमा तामाङलाई भने आफू पनि पुरुष सरह जोखिम उठाउन सक्छु भन्ने लाग्यो । उनले चितवनको बिरेन्द्र नगरमा बिल्डिङ इलेक्ट्रिसियन तालिम लिइन् । 

२० जना पुरुष सहभागी तालिममा उनी एक्लै युवती सहभागी भइन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाकी सुशीला घले पनि प्लबिङ्ग तालिम लिइरहेका २० जना सहभागी मध्य एकमात्रै महिला हुन् । उनीहरु उत्साहपूर्वक तालिममा सहभागी भए । अहिले उनीहरु गाउँघरमा बिजुली र प्लम्बिङ्गको काम गरिरहेका छन् । 

काभ्रेको धुलिखेल नगरपालिका वडानम्बर १० का जितेन्द्र प्रधानले काभ्रे बहुमुखी क्याम्पसाट स्नातक उत्तीर्ण गरेका छन् । कृषि कर्ममा रुचि भएका प्रधानले अहिले २ वटा टनेलमा तरकारी खेती गरेका छन् । बागमती प्रदेश युवा परिषदबाट बेमौषमी तरकारी खेती सम्बन्धी तालिम लिएका प्रधानले गोलभेँडा, काँक्रो अकबरे खुर्सानी फलाएका छन् । ५० हजार मूल्यका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् । २२ जना युवाले यो तालिम लिएका थिए । तालिम लिएपछि उनमा थप हौसला बढेको छ । सीप भए स्वदेशमै बसेर उद्यमी बन्न सकिने प्रधानको बुझाई छ । 

स्वदेशमा कामगर्ने उपयुक्त वातावरण नदेखेर लाखौँ युवा रोजगारीका लागि विदेशिएका छन् । युवालाई स्वदेशमै स्वरोजगार भई उद्यमशील बनाउन प्रदेश युवा परिषद बागमतीले यसवर्ष प्रदेशका १३ जिल्लाका  ५ हजार युवालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको थियो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का विकास घलान र बुद्धि बहादुर बोम्जनले अघिल्लो बर्षनै बागमती प्रदेश युवा परिषदले सञ्चालन गरेको कपाल काट्ने तालिम लिएका थिए । अघिल्लो वर्ष तालिम लिएका यी दुबै युवाले अहिले आफ्नो गाउँघरमा सैलुन व्यवसाय सञ्चालन गरेका छन् । बागमती प्रदेश सरकारले आर्थिक २०८१–०८२ को बजेटमै युवा सीप वर्ष घोषणा गरेको छ । 

सीप सिकेका युवा स्वदेशमै बसे उनीहरु स्वरोजगार बन्नेछन् । विदेश गएपनि सीपयुक्त युवाले अझै धेरै आम्दानी लिन सक्छन् । बागमती प्रदेशका सीपयुक्त युवाले प्रदेशको समग्र विकासमा योगदान दिनसक्ने परिस्थिती निर्माण भएको छ । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ४ : ५० बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज