काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित « Khabarhub

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम पारित भएको छ।

आज बसेको पाँचौँ नगरसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको महानगर प्रमुख बालेन शाहको सचिवालयले खबरहबलाई बतायो। 

यसअगाडि नगरप्रमुख शाहले एकलौटी बजेट ल्याएको भन्दै वडाअध्यक्षहरूले असन्तुष्टि जनाएका थिए । त्यसपछि प्रस्तुत भएको नीति तथा कार्यक्रममा वडा अधयक्षहरुले फरक २८ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

त्यसमा सर्वसम्मत १६१ जना नै नगर सभाका सदस्यले सहमति जनाएका थिए । आज नगर सभाबाट नीति तथा कार्यक्रम संशोधनसहित पास भएको घोषणा मेयर शाहले गरेका छन् । 

तर वडा अध्यक्षहरूले अहिले कुनै प्रतिक्रिया जनाएका छैनन् । अहिले नगर सभामा आर्थिक वर्ष २०८१-८२ को बजेटमाथि छलफल चलिरहेको छ । 

काठमाडौं महानगरपालिकाका मेयर शाह स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : १५ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ