शेखर कोइराला भन्छन् – अबको सरकार उपाधार २ बाटै बन्छ « Khabarhub

शेखर कोइराला भन्छन् – अबको सरकार उपाधार २ बाटै बन्छ

प्रधानमन्त्रीले विश्वासको मत लिनु संवैधानिक अधिकार


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद‍्‍मा विश्वासको मत लिने कुरा संवैधानिक भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामी संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदैछौँ । आलोपालो सरकारको नेतृत्व गर्दैछौँ’, उनले भने, ‘प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिन्छु भन्नुभएको छ । हामीले राजीनामा दिनुपर्छ भनेर केही फाइदा छैन, गर्ने उहाँले हो । उहाँले त विश्वासको मत लिन्छु भन्नुभएको छ ।’

उनले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार बन्छ कि धारा ७६ को ३ अनुसार नयाँ सरकार बन्छ ? भनेर धेरै बहस भएको उल्लेख गर्दै त्यसमा कुनै द्विविधा नरहेको बताए ।

कोइरालाले धारा ७६ को २ अनुसार नै नयाँ सरकार बन्ने दाबी गरे । उनले भने,‘यसमा कुनै कन्फ्युजनमा छैन । अब धारा ७६ को २ अनुसार नै बन्छ भन्ने कुरा म तपाईंहरूलाई बताउन चाहन्छु ।’

धारा ७६ को उपाधारा २ अनुसार पहिलो २ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति दुई दलले गरिसकेका छन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हु्ने सहमति छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : १३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार