शेखर कोइराला भन्छन् – अबको सरकार उपाधार २ बाटै बन्छ « Khabarhub

शेखर कोइराला भन्छन् – अबको सरकार उपाधार २ बाटै बन्छ

प्रधानमन्त्रीले विश्वासको मत लिनु संवैधानिक अधिकार


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद‍्‍मा विश्वासको मत लिने कुरा संवैधानिक भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामी संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदैछौँ । आलोपालो सरकारको नेतृत्व गर्दैछौँ’, उनले भने, ‘प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिन्छु भन्नुभएको छ । हामीले राजीनामा दिनुपर्छ भनेर केही फाइदा छैन, गर्ने उहाँले हो । उहाँले त विश्वासको मत लिन्छु भन्नुभएको छ ।’

उनले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार बन्छ कि धारा ७६ को ३ अनुसार नयाँ सरकार बन्छ ? भनेर धेरै बहस भएको उल्लेख गर्दै त्यसमा कुनै द्विविधा नरहेको बताए ।

कोइरालाले धारा ७६ को २ अनुसार नै नयाँ सरकार बन्ने दाबी गरे । उनले भने,‘यसमा कुनै कन्फ्युजनमा छैन । अब धारा ७६ को २ अनुसार नै बन्छ भन्ने कुरा म तपाईंहरूलाई बताउन चाहन्छु ।’

धारा ७६ को उपाधारा २ अनुसार पहिलो २ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति दुई दलले गरिसकेका छन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हु्ने सहमति छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : १३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का