सार्वजनिक लेखा समितिले माग्यो रिलायन्स स्पिनिङ मिलको आइपीओ मूल्य आधार « Khabarhub

सार्वजनिक लेखा समितिले माग्यो रिलायन्स स्पिनिङ मिलको आइपीओ मूल्य आधार


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिलको आइपीओको मूल्यको आधार माग गरेको छ । समितिले नेपाल धितोपत्र बोर्डलाई पत्र काट्दै मिलको मिलको बुक बिल्डिङबाट तयार गरिएको आधार मूल्य कसरी तयार भयो ? तयार गर्ने अधिकार कसलाई छ र प्रक्रिया के हो लगायत प्रश्नहरू गरेको हो ।

समितिले कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लिई बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ जारी गरेको सन्दर्भमा आएका समाचारहरुप्रति ध्यानकर्षण भएको भन्दै विभिन्न ५ वटा बूँदाहरुमा ७ दिनभित्र जवाफ दिन बोर्डलाई पत्र पठाएको छ ।

पत्रमा कम्पनीको आइपीओको मूल्य के आधारमा तय गरिएको, मूल्य तयार गर्ने अधिकार कसलाई, प्रक्रिया के, एक वर्ष नपुग्दै कम्पनीको प्रतिशेयर मूल्यमा आएको गिरावट, प्रतिशेयर आम्दानीको वास्तविकता र प्रक्षेपित मूल्यमा सामञ्जस्यता नदेखिएको लगायतका विषयमा समितिले बोर्डसँग जवाफ माग गरेको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर रिलायन्स स्पिनिङ मिल्सले रिलाइन्स कम्पनीले १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । बुक बिल्डिङ प्रक्रियाबाट तय गरिएको सो शेयरको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ ।

धितोपत्र बोर्डबाट आइपीओ जारी गर्नका लागि स्वीकृति लिने क्रममा पेश गरेको विवरण र तेस्रो त्रैमासिक विवरणको रुपमा सार्वजनिक गरेको वित्तीय विवरणमा नेटवर्थ आम्दानी, प्रतिशेयर आम्दानी, नाफा प्रक्षेपण लगायतका विषयहरु अस्वभाविक देखिएपछि रिलाइन्सको आइपीओको विषय विवादित बन्न पुगेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : ०१ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं