प्राधिकरणले रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्ट उद्योगमा बिजुली काटिदियो « Khabarhub

प्राधिकरणले रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्ट उद्योगमा बिजुली काटिदियो


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले लोडसेडिङका बेला विद्युत उपयोग गरी प्रिमियम महसुल नतिरेका रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्ट उद्योगमा विद्युत काटिदिएको छ । प्राधिकरण स्रोतले मङ्गलबार बेलुकीदेखि यी उद्योगमा विद्युत कटौती गरिएको जानकारी दियो ।

यी लगायत ६० उद्योगले डेडिकेटेड र ट्रङ्क लाइन सुविधाबाट खपत गरेको विद्युतको २१ अर्ब ८८ करोड रुपैयाँ महसुल तिर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यसअघि उद्योगीहरूले ट्रङ्क तथा डेडिकेटेड महसुलका सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले बिना प्रमाण पत्र जारी गरेको भन्दै आपत्ति जनाएका थिए ।

ट्रङ्कलाइन महसुल विवादबारे उद्योगी- ‘प्राधिकरणले बिना प्रमाण चिट्ठी काट्यो’

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‌मार्फत प्राधिकरणलाई डेडीकेटेड तथा ट्रङ्कलाइन विवाद सम्बन्धमा अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिसचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

महसुल नतिरेका व्यापारीबाट आर्थिक लाभ लिई महसुल मिनाह गराउनेगरी शक्ति दुरुपयोग गरेको भन्दै दाहाल आलोचित छन्‌ ।

महालेखा परीक्षक कार्यालयले वार्षिक प्रतिवेदनमा विद्युत महसुल बक्यौता १०.४८ प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड रुपैयाँ पुगेको जनाएको छ । काठमाडौं महानगरपालिकाले पनि १ अर्ब ७९ करोड रुपैयाँ तिर्न बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १० : ५८ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति