समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

By खबरहब

August 09, 2024

काठमाडौं–  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ । 

पार्टी सचिव दीनानाथ शर्माका अनुसार बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने छ ।

यस्तै सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण, नेताहरूको जिम्मेवारी तोक्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ सचिव शर्माले बताएका छन्  ।